उपनिर्वाचन इलाम -२ : मदिराजन्य पदार्थको बिक्री-वितरणमा रोक

उपनिर्वाचन इलाम -२ : मदिराजन्य पदार्थको बिक्री-वितरणमा रोक

काठमाडौं : आगामी वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर -२ को उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ।  

जिल्ला प्रशासन कार्यालयले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुन्जेलसम्म मदिरा बिक्री-वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति-सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री-वितरण एवं सेवन गर्न रोक लगाइएको र बिक्री-वितरण गरेको पाइएमा कानुनानुसार कारबाही गरिने जनाएको छ।

इलाममा एमाले उपाध्यक्ष एव पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनको लागि उमेदवारको दौडधूप जारी राखेका छन्। 

एक मात्र प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको भएकाले यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ।

१ बैशाख, २०८१, २१:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।