कर्णाली : माओवादीसँग भागबन्डा नमिलेपछि मुख्यमन्त्री कँडेलले एक्लै लिए सपथ

कर्णाली : माओवादीसँग भागबन्डा नमिलेपछि मुख्यमन्त्री कँडेलले एक्लै लिए सपथ

सुर्खेत : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले  पद तथा गाेपनियताकाे सपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गाेपनियताकाे सपथ गराएका हुन्।

मंगलबार माओवादी र एकीकृत समाजवादीकाे समर्थनमा मुख्यमन्त्रीकाे दावी पेश गरेका कँडेल मंगलबार नै मुख्यमन्त्री नियुक्त भएका थिए। तर, माओवादीसँग मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि मुख्यमन्त्री कँडेलले एक्लै सपथ लिएका हुन्। 

माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार महत्वपुर्ण मन्त्रालय र सभामुख पाउनुपर्ने अडान राख्दै आएको छ।

सत्ता गठवन्धनकाे केन्द्रीय निर्णयअनुसार कर्णाली एमालेकाे भाग परेदेखि माओवादी एमालेसँग रुष्ट छ। त्यसैले पनि माओवादीले सरकारमा मन्त्री पठाएको छैन। 

कर्णालीमा एमालेका १०, माओवादीका १३, एकीकृत समाजवादीका एक र कांग्रेसका १५ सांसद रहेका छन्।  

२८ चैत, २०८०, १६:४७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।