सहकारी प्रकरणबारे कांग्रसले भन्यो- ‘गल्ती छैन छानबिन गरियोस्, नत्र किन भागेर हिँड्नु?’

सहकारी प्रकरणबारे कांग्रसले भन्यो- ‘गल्ती छैन छानबिन गरियोस्, नत्र किन भागेर हिँड्नु?’

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनु पर्ने अडानलाई कायमै राखेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा निश्पक्ष छानबिन समिति गठन गर्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको बताएका हुन्।

उनले  भने, ‘हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्योड मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ।’

५० हजारभन्दा बढी सहकारी पीडितहरूले जम्मा गरेको रकमको विषय अपचलन भएको विषयन छानबिन नगरी छाड्नुपर्ने हो भने देशका जनताले कसरी न्याय पाउँछन् भन्दै उनले प्रश्न गरे।

फैसला सुनाउने अधिकार सरकारलाई नभएको भन्दै संसदीय छानबिन समिति गठन गरेर सोहीअनुसार अगाडि बढ्नुपर्नेमा उनको जोड छ।a

२८ चैत, २०८०, १२:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।