कर्णालीकाे मुख्यमन्त्रीमा यामलाल नियुक्त, भागबन्डा नमिल्दा माओवादीले पठाएन मन्त्री

कर्णालीकाे मुख्यमन्त्रीमा यामलाल नियुक्त, भागबन्डा नमिल्दा माओवादीले पठाएन मन्त्री

सुर्खेत : कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

एमाले र माओवादी केन्द्रबीच बनेको सत्ता गठबन्धनकाे केन्द्रीय निर्णयअनुसार कर्णाली एमालेकाे भाग परेकाे थियाे।

यसअघिका मुख्यमन्त्री राजकुमार शर्माले गत चैत २१ गते राजीनामा दिएका थिए। विश्वासकाे मत लिन तम्सिएका शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निर्देशनमा राजीनामा दिएका हुन। 

साेही दिन प्रदेश प्रमुख तिलक परियारले दलहरूलाई बहुमत पुर्याएर सरकार निर्माणका लागि दाबी पेस गर्ने सात दिनकाे समय ताेकेका थिए। मंगलबार दावी पेस गर्ने मिति अन्तिम थियाे।  

४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना चाहिन्छ। कँडेललाई एमालेका १०, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले समर्थन गरेका छन्। 

कँडेल मुख्यमन्त्रीमा नियुक्त भएपनि भागबन्डा नमिल्दा माओवादीले भने सरकारमा मन्त्री पठाएको छैन। जसका कारण मुख्यमन्त्री नियुक्त भएका कँडेलकाे सपथ ग्रहण बुधबार ३ बजेलाई ताेकिएकाे छ।

माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार महत्वपूर्ण मन्त्रालय र सभामुख पाउनुपर्ने अडान राखेपछि गठबन्धनभित्र समस्या आएको हो। 

२७ चैत, २०८०, १८:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।