संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उचित भएको कांग्रेसको निर्णय

संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उचित भएको कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनका लागि उठाउँदै आएको माग उचित भएको निर्णय गरेको छ।

मंगलबार संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले गरेका निर्णयहरूबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

‘नेपाली कांग्रेसले सुरुवातदेखि नै रवि लामिछानेजी सहकारीको रकम अपचलनमा संलग्न भएको विषय हामीले उठाइरहेका छौं,’ उनले भने, ‘त्यसको निश्पक्ष, स्वतन्त्र र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसले उठाउँदै आएको माग उचित छ भन्ने निर्णय गरेको छ।’

संसदीय समितिको बैठकले सरकारसँग संसदीय छानबिन समिति गठनको माग पुनः दोहोर्याउँदै कांग्रेसले उठाएको मागमा गैरजिम्मेवार भए कुनै पनि संसदीय कामकारबाही अवरुद्ध भएको जिम्मेवारी सरकारले लिनुपर्ने समेत बताए।

यस्तै कांग्रेसले सुनसरीमा भड्किएको धार्मिक हिंसाप्रति ध्यानाकर्षण भएको भन्दै धार्मिक सहिष्णुता कायम गर्नसमेत आाग्रह गरेको छ। त्यसैगरी संसदका विशेष समितिहरूको बैठकमा अनिवार्य उपस्थित हुन समेत बैठकले सांसदहरुलाई निर्देशन दिएको छ।

२७ चैत, २०८०, ११:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।