एपीएफको केन्द्रीय स्टोरमा आगलागी

एपीएफको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी भएको छ। 

एपीएफका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र बलको सशस्त्र प्रहरीको जिन्सी सामान राखेको गोदाम घरमा आगलागी भएको हो। 

अहिले आगो नियन्त्रणका लागि दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।

आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।

२६ चैत, २०८०, १८:५२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।