विराटले शतक बनाए तर फ्यान रिसाउँदै लेखे' सेल्फिस विराट'

विराटले शतक बनाए तर फ्यान रिसाउँदै लेखे' सेल्फिस विराट'

एजेन्सी : आरसिबीका विराट कोहलीले राज स्थानको विरुद्धमा ६७ बलमा ११३ रन  बनाए। तर उनी नै प्रशंसकहरूको तारोमा परे। उनले चार छक्का अनि १२ चौकाको सहयोगमा शतक बनाउँदा पनि फ्यानहरू खुसी हुन सकेनन्। रिसाए उनीसँग। उनीहरूले रिसाएर सामाजिक सञ्जालमा स्वार्थी विराट ह्यासट्यागै चलाए।

उनले शतक त बनाए तर धेरै ढिला खेल्दा टिमलाई असर परेको तर विराटले आफ्नो शतकको स्वार्थका लागि लामो समय सुस्त खेलेको भन्दै आलोचना गरे।

६७ बलमा शतक हाने पनि सबैभन्दा सुस्त इनिङ भएको भन्दै उनको आलोचना सुरु भयो। उनले जुन खालको पिच थियो त्यो अनुसार रन ठिक भएको प्रतिक्रिया त दिए तर फ्यानको चित्त बुझाउन भने सकेनन्। उनीहरूले स्वार्थी विराट भन्दै आलोचना गरिरहे। उनको आलोचना गर्नेहरूमा आरसिबीका फ्यानहरू समेत देखिए।

सुस्त ब्याटिङ गरेर आरसिबीलाई दुई सय रन बनाउन नदिएको भन्दै व्यङ्ग्यात्मक रूपमा उनको आलोचना गरिरहेका छन्।

२४ चैत, २०८०, २३:४५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।