नेपाल आइडल सिजन दुईका विजेता ओडविरुद्ध श्रीमतीको जाहेरी, पक्राउ गर्न अदालतको अनुमति

नेपाल आइडल सिजन दुईका विजेता ओडविरुद्ध श्रीमतीको जाहेरी, पक्राउ गर्न अदालतको अनुमति

कञ्चनपुर : ‘नेपाल आइडलको सिजन २’का विजेता रवि ओड विरुद्ध वैवाहिक बलात्कारको आरोपमा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पुर्जी जारी भएको छ। ओडको श्रीमतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएपछि प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको थियो।

जाहेरीका आधारमा प्रहरीले मागेको अनुमति अनुसार ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परेका छैनन्।

ओडविरुद्ध चैत्रको २० गते प्रहरीमा जाहेरी परेको थियो। उनको श्रीमतीले आफूमाथि बलात्कार भएको दाबी गरेकी छिन्।

सुदूरपश्चिमका ओड गायन सम्बन्धी रियालिटी सो नेपाल आइडलको सिजन दुईमा सहभागी भएपछि चर्चामा आएका थिए। उनी सो सिजनका विजेता पनि हुन्। पछिल्लो समय गायन क्षेत्रमा सक्रिय रहेका उनी अभिनयमा समेत प्रवेश गरेका थिए।

२३ चैत, २०८०, १८:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।