सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

काठमाडौं : कारोबार हुने साताको छैटौं दिन सुनको मूल्य घटेको छ।

बिहीबार कीर्तिमान कायम गरेको सुनको मूल्य शुक्रबार तोलामा १३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार सात सय रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ तोकिँदा चाँदीमा तोलाको ३५ रुपैयाँ घटेर १ हजार ६१५ रुपैयाँ पुगेको छ।

२३ चैत, २०८०, ११:२९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।