कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने समय सारे

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने समय सारे

सुर्खेत : दलभित्र विवाद बढिरहेको बेलामा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने समय सारेका छन्। मङ्गलवार विश्वासको मत लिने कार्य तालिका थियो। तर  प्रदेश सभाका बैठक स्थगित भयो।

केन्द्रले गठबन्धन अनुसार कर्णालीको नेतृत्व एमालेले गर्ने भन्दै राजीनामा दिन निर्देशन दिए पनि शर्माले भने विश्वासको मत लिने तयारी गरेका थिए। तर उनले मङ्गलवार आफैँ प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाए। उनको पत्रपछि बैठक स्थगित भयो।

उनले कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १५० बमोजिम सूचना गरेकोमा विशेष कारणवश सो मितिमा प्रस्ताव पेस गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव ०८० चैत २१ गते सार्न आग्रह गरेका थिए।

कर्णालीमा सत्ता गठबन्धन माओवादी र एमालेबिच सरकारको नेतृत्व लिने विषयमा विवाद छ। सोमबार प्रचण्डले एमालेलाई सरकारको नेतृत्व दिने सहमति गरेपछि विवाद सतहमा देखियो। मङ्गलवार दिनभर गठबन्धनको बैठक बसे पनि सहमति हुन भने सकेन।

२० चैत, २०८०, १७:४५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।