प्रचण्डका दबाबकाबीच मुख्यमन्त्री शर्माले विश्वासकाे मत लिने समय सारे

प्रचण्डका दबाबकाबीच मुख्यमन्त्री शर्माले विश्वासकाे मत लिने समय सारे

सुर्खेत : मंगलबारका लागि बोलाइएको कर्णाली प्रदेशसभाकाे बैठक स्थगित गरिएको छ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासकाे मत लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री स्वंयमले आजकाे बैठकमा उपस्थिति हुन नसक्ने भन्दै पत्र पठाएपछि बैठक स्थगित भएको हाे।

उनले कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १५० बमोजिम सूचना गरेकोमा विशेष कारणबस सो मितिमा प्रस्ताव पेश गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव ०८० चेत २१ गते सारी प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिन अनुराेध गरेका छन्।

कर्णालीमा सत्तागठबन्धन माओवादी र एमालेबीच सरकारकाे नेतृत्व लिने विषयमा विवाद भएकाे छ।

साेमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई कर्णाली सरकारकाे नेतृत्व दिने सहमति गरेपछि विवाद सतहमा देखिएकाे छ।

आज दिनभर गठबन्धनको बैठक बसेपनि सहमति हुन सकेन।

२० चैत, २०८०, १७:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।