बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट मन्त्री बनिन् रमा

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट मन्त्री बनिन् रमा

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ।

मंगलबार विहान एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन्।

सात दिनभित्र मन्त्रालयको जिम्मेवारी तोकिने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएको मन्त्री आलेको भनाइ छ।

योसँगै समाजवादीबाट शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा मन्त्रीको सङ्ख्या तीन पुगेको छ।

आलेमगर एकीकृत समाजवादीबाट निर्वाचित एकमात्र महिला सांसद् हुन्। उनी काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्।

२० चैत, २०८०, १०:२७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।