हानेपाका बज्राचार्यले मत दिँदा बागमती सरकार जोगियो, पक्षमा ५६ मत

हानेपाका बज्राचार्यले मत दिँदा बागमती सरकार जोगियो, पक्षमा ५६ मत

मकवानपुर : हाम्रो नेपाली पार्टीको साथले बागमतीमा माओवादी नेतृत्वको सरकार जोगिएको छ। पार्टीभित्र विवाद भए पनि हानेपाका संसदीय दलको नेता शैलेन्द्रमान बज्राचार्यले साथ दिएपछि मुख्यमन्त्री सालिकराम जम्कट्टेल विश्वासको मत पाउन सफल भएका हुन्।

बहुमतका लागि ५६ मत चाहिनेमा उनले ५६ मत पाए। माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन्। हानेपाबाट दुई जना सांसद भए पनि बज्राचार्यले मात्र विश्वासको मत दिए।

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीगरि ३७ सांसदले विपक्षमा मतदान गर्दा राप्रपाका १५ सांसद तटस्थ बसे। सोमबारको प्रदेश सभामा १ सय ८ जना सदस्य सहभागी थिए।

जम्मकटेटेल २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। यो बिचमा दुई पटक केन्द्रमा गठबन्धन बदलिए पनि उनी जोगिइरहेका छन्। सोमबार उनले तेस्रो पटक विश्वासको मत लिउका हुन्।

माओवादी-एमाले पहिलो गठबन्धनबाट मुख्यमन्त्री बनेका उनले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए। केन्द्रमा सत्ता बदलिएर एमाले बाहिरियो। कांग्रेस भित्रियो। अनि उनले २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत लिए। दोस्रो पटक ६७ जनाको विश्वास पाएका थिए।

१९ चैत, २०८०, १८:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।