हानेपा सांसद बज्राचार्यले भने' प्रदेश सांसद जित्दा तीन दिन बेहोस भए, अहिले दबाब बढ्दा सिटामोल खानुपर्‍यो'

हानेपा सांसद बज्राचार्यले भने' प्रदेश सांसद जित्दा तीन दिन बेहोस भए, अहिले दबाब बढ्दा सिटामोल खानुपर्‍यो'

मकवानपुर : हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता तथा बागमती प्रदेशका पर्यटन मन्त्री शैलेन्द्रमान बज्राचार्यले बागमतीका मुख्यमन्त्री सालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएका छन्।

सरकारमा सहभागिताबारे नै दलमा विवाद भए पनि उनले अहिले बागमती प्रदेशमा जारी मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मतमाथिको बहसको क्रममा उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए। हानेपाले जम्मकट्टेललाई विश्वासको मत दिएसँगै बागमतीमा जम्मकट्टेल नेतृत्वको सरकार जोगिने भएको छ।

एकीकृत समाजवादीले आइतबार विश्वासको मत नदिने भने पनि सोमबार केन्द्रको निर्देशन आएको भन्दै प्रदेश संसदीय दलले विश्वासको मत दिने निर्णय गरिसकेको छ। हानेपामा एकीकृत समाजवादी, माओवादी केन्द्र र एमालेको सांसदहरू पक्षमा रहेकाले जम्मकट्टेलले सरकार जोगाउन आवश्यक बहुमत पाउने निश्चित भएको छ।

प्रदेश सभामा बोल्दै बज्राचार्यले आफूले मुख्यमन्त्रीमा दाबी गरेको र झण्डैझण्डै मुख्यमन्त्री पनि भएको भन्दै राजनीतिमा दबाबले काम गर्ने रहेछ भन्दै व्यङ्ग्य गरेका थिए। उनले हिजोको दिनमा मुख्यमन्त्री जम्मकट्टेलले हानेपामाथि अन्याय गरेको र सो अन्यायप्रति मुख्यमन्त्रीले माफी मागेको उनको दाबी थियो।

उनले काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रदेश सभामा निर्वाचितहुँदा तीन दिनसम्म बेहोस जस्तै भएको भन्दै अहिलेको राजनीतिक उतारचढावमा दबाबका कारण बिरामी भएर सिटामोल खानु परेको भन्दै अन्तमा जम्मकट्टेलको पक्षमा मतदान गर्ने बताए।

१९ चैत, २०८०, १६:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।