बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एकीकृत समाजवादीले राख्यो शर्त

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एकीकृत समाजवादीले राख्यो शर्त

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्।

नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्। जसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठ डाकिएको छ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्नेछ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ। एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच मुख्यमन्त्रीलाई विश्वासको मात दिने सहभति भएको भनिएको छ।

तर, एकीकृत समाजवादीले एकीकृत समाजवादीले बागमती वा कोशीमा मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको छ। कोशीमा एकीकृत समाजवादीको ४ सीट छ भने बागमतीमा सात।

बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

१९ चैत, २०८०, १०:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।