प्रचण्ड, ओली र देउवाबीच छलफल सुरू, संसद अवरोध र टीआरसीबारे टुंगो लगाउने तयारी

प्रचण्ड, ओली र देउवाबीच छलफल सुरू, संसद अवरोध र टीआरसीबारे टुंगो लगाउने तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सुरू भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शीर्ष तीन दलका नेताबीच सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)का विषयमा छलफल भएको हो।

टीआरसीका विषयमा सहमतिमा पुग्न नेताहरू छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ।

त्यस्तै, संसदको अवरोध खोल्ने लगायत अन्य विषयमा पनि तीन शीर्ष नेताबीच छलफल हुने प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

१७ चैत, २०८०, १९:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।