सभामुख पाठक भन्छन्- ‘बैठकमा सहभागी नहुन मलाई विभिन्न शक्तिहरूबाट दबाब आयो’

सभामुख पाठक भन्छन्- ‘बैठकमा सहभागी नहुन मलाई विभिन्न शक्तिहरूबाट दबाब आयो’

मकवानपुर : बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको खुलासा गरेका छन्।

चितवनको सौरहामा भएको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरूबाट दबाब आएको उल्लेख गरे।

गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ।

सरकारले चैत १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दबाब आएको बताएका हुन्। दबाब आएपनि आफू प्रभावित नहुने उनको भनाइ छ।

सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भूमिकामा मात्र रहेको उनले स्पष्ट पारे।

उनले भने, ‘मलाई सभामुख बनाउने पार्टीबाट दबाब आए पनि म त्यो मान्दिनँ। म खेलाडी हैन, रेफ्री हुँ। म निष्पक्ष ढङ्गबाट बैठक अगाडि बढाउँछु।’

१७ चैत, २०८०, १४:०३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।