ग्लोबल मनी विकमा नमस्ते पेको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा नमस्ते पेको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ : नमस्ते पेले ग्लोबल मनी विक २०२४ मा युवाहरूलाई शिक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो।  नमस्ते पे द्वारा सामाजिक सञ्जाल र एपमार्फत वित्तीय साक्षरताबारे सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।

कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता र वित्तीय समावेशीकरणसँगै नमस्ते पेले कसरी वित्तीय समावेशीकरणलाई सहयोग गर्छ भन्नेबारे जानकारी गराइएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले विभिन्न शैक्षिक संस्थाहरूमा वित्तीय साक्षरता सम्बन्धी सत्रहरू सञ्चालन गरेको थियो। सो कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता, बजेट, भविष्यका लागि बचतको महत्त्व लगायतका विषयमा जानकारी गराइएको थियो।

१६ चैत, २०८०, १७:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।