प्रधानमन्त्री प्रचण्डको कार्यकर्ता फुर्काउने दाबी  : चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ

प्रधानमन्त्री प्रचण्डको कार्यकर्ता फुर्काउने दाबी  : चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ

मकवानपुर : हरेक निर्वाचनमा मत प्रतिशत खस्कँदै गएको र हरेक तहमा गठबन्धनमा जोड दिँदै आएको माओवादी केन्द्र २०८४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरे।

सङ्गठनदेखि सुदृढीकरणसम्म पार्टी निष्क्रिय रहेको र पार्टीभित्र गुट र उपगुट बढ्दै गएको अवस्थामा पनि ८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने उनको दाबी थियो।

बाबुराम भट्टराई नेतृत्वको पार्टीसँगको एकता प्रक्रिया समेत भाँडिएको छ। मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतकासँगको सहकार्य अगाडि बढ्न सकेको छैन।

तर उनले ८४ मा सबैभन्दा ठूलो दल बन्ने आधारका रूपमा माओवादी धारका पार्टीहरूबिच एकता प्रक्रिया अगाडि बढेको र आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने दाबी गरे।

मकवानपुरमा शुक्रवार  माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा उनले माओवादी निकट दलहरूको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने दाबी गरे।

प्रचण्डले पछिल्लो एमालेसहितको समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको दाबी समेत गरेका थिए।

उनले नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेको दाबी समेत गरेका थिए। उनले आगामी दिनमा देशको आर्थिक क्षेत्र पनि चलायमान हुने तर्क गरेका थिए।

१६ चैत, २०८०, १६:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।