इलाम-२ उप निर्वाचनमा मेयर हर्कले डकेन्द्रलाई भोट मागे

इलाम-२ उप निर्वाचनमा मेयर हर्कले डकेन्द्रलाई भोट मागे

इलाम : धरानका मेयर हर्क साङपाङ इलाम-२ को उप निर्वाचनमा पहिचान पक्षधरहरूले उठाएको उम्मेदवार डकेन्द्रसिंह थेगिन लिम्बूको पक्षमा उभिएका छन्।

केही दिनदेखि उनी उप-निर्वाचनमा स्वतन्त्र उम्मेदवार जिताउनु पर्ने पक्षमा वकालत गर्दै आएका थिए।  बिहीबार उनले सामाजिक सञ्जालमा भिडियो राखेर लिम्बुको पक्षमा मत मागे।

लिम्बू कोशी प्रदेश नामकरणको विरोधमा बनेका पहिचानवादी पक्षधर मोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन्। एमालेबाट सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार चयन गरिसकेका छैनन्।

मेयर साङपाङले अन्य दलका उम्मेदवार आलाकाँचा रहेको र दलको उम्मेदवारले जिते कामै गर्न नसक्ने भन्दै स्वतन्त्रबाट जितेका काठमाडौँका मेयर बालेन शाह, आफू र धनगढीको मेयरको कामले स्वतन्त्रले जितेमा कति काम हुन्छ भनेर देखाएको तर्क गर्दै डकेन्द्रको पक्षमा वकालत गरेका थिए। 

१५ चैत, २०८०, २२:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।