राष्ट्रियसभा उपाध्यक्ष : गठबन्धनभित्र अर्कै दलको भागमा परेपछि उर्मिला अर्यालले दिइन् पदबाट राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष : गठबन्धनभित्र अर्कै दलको भागमा परेपछि उर्मिला अर्यालले दिइन् पदबाट राजीनामा

काठमाडौं : राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्।

बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन्।

सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो। पछि एकीकृत समाजवादी सत्ता गठबन्धनमा आएपछि राष्ट्रियसभा उपाध्यक्ष पद कसले पाउने भन्ने टुंगो लागिसकेको छैन।

माओवादीबाट दाहाल अध्यक्ष बनेपछि उपाध्यक्षको कार्यकाल बाँकी छँदै अर्यालले पदबाट राजीनामा दिएकी हुन्।

उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन्।

१५ चैत, २०८०, १५:५९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।