रुपन्देहीमा हतौडा हानेर एक महिलाको हत्या, आरोपी एक जना पक्राउ

रुपन्देहीमा हतौडा हानेर एक महिलाको हत्या, आरोपी एक जना पक्राउ

रूपन्देही : जिल्लाको सुद्धोधन गाउँपालिका-६ वेलहिया घर भई सियारी गाउँपालिका-७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

उजेलीलाई सुतेको अवस्थामा अपरिचित व्यक्तिले फलामको हतौडा प्रहार गर्दा बेहोस भई उपचारको लागि भिम अस्पताल भैरहवा लगिएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो।

मृतकले गालीगलोज गर्ने गरेको र रिसको आबेगमा प्रभुनाथले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१४ चैत, २०८०, १३:१८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।