मनहरिमा सालनालसहितको शिशु मृत भेटियो

मनहरिमा सालनालसहितको शिशु मृत भेटियो
सांकेतिक तस्बिर

हेटौंडा : मकवानपुरको मनहरि गाउँपालिकामा सालनालसहित दुई/तीन दिनको शिशु मृत अवस्थामा फेला परेको छ।

मंगलबार विहान १० बजे गाउँपालिकाको वडा नम्बर ७ स्थित मनहरि खोला छेउमा सालनालसहितको शिशु मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको छ। घटनास्थल कार्यालयबाट अन्दाजी चार किलोमिटरको दूरीमा छ।

१४ चैत, २०८०, १०:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।