पेप्सोडेन्ट नेपालद्वारा ३५०० बढीलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा

पेप्सोडेन्ट नेपालद्वारा ३५०० बढीलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा

काठमाडौं : यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवसको लागि पेप्सोडेन्टले विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ।

मार्च महिना अवधिभर गरिने गतिविधि अन्तर्गत स्वस्थ जीवनको लागि आवश्यक उत्पादनहरू प्रदान गर्दै स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणु विरुद्ध लड्ने चेतना फैलाउने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि 'एक एक पाइला' सँगको सहकार्यमा नेपालका दुर्गम भेगका १६०० जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य शिक्षा प्रदान गरेको थियो।

कम्पनीका अनुसार कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको समन्वयमा इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३४३ जनालाई निःशुल्क डेन्टल स्रिनिङ सेवा दिइसकेको छ।

त्यस्तै, गत मार्च २१ मा पेप्सोडेन्टले डेन्टल एसोसिएसनसँगको साझेदारीमा एक कार्यक्रम आयोजना गरेको थियो। जहाँ काठमाडौं, भक्तपुर र ललितपुरका ३५०० बढी सहभागीलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा दिइएको कम्पनीले जनाएको छ।

१३ चैत, २०८०, १९:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।