राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछाने, आईजिपी र सिआईबी प्रमुखलाई

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री लामिछाने, आईजिपी र सिआईबी प्रमुखलाई

काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।

बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा गृहमन्त्री लामिछानेसहितलाई बोलाइएको हो।

समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री लामिछाने भोलिको बैठकमा सहभागी हुने बताए।

उनका अनुसार समितिको बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई बोलाइएको छ।

१३ चैत, २०८०, १७:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।