नेपालको तेस्रो विकेट पतन, अनिलले बनाए १२ रन

नेपालको तेस्रो विकेट पतन, अनिलले बनाए १२ रन

काठमाडौं : आयरल्याण्ड उल्भ्सविरुद्धको दोस्रो तथा अन्तिम टी२० मा नेपालको तेस्रो विकेट गुमेको छ।

सातौं ओभरको पाँचौं बलमा अनिल शाह आउट भएका हुन्। फियोन ह्यान्डको बलिङमा उनी विकेटकिपरबाट क्याचआउट हुन पुगे।

शाहले ११ बलमा १२ रन जोडेर आउट हुँदा यसअघि कुशल भुर्तेल २५ र आशिफ शेख ११ रन बनाएर पेभेलियन फर्किए।

अहिले क्रिजमा गुल्सन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।

यो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिएर विवेक यादव र अनिल शाहलाई मौका दिएको छ।

१३ चैत, २०८०, १३:३२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।