आईएचसीएलद्वारा ‘भिभान्ता चितवन’ सञ्चालनको घोषणा, ताज सरहको सेवा दिने दाबी

आईएचसीएलद्वारा ‘भिभान्ता चितवन’ सञ्चालनको घोषणा, ताज सरहको सेवा दिने दाबी

काठमाडौं : भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड(आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ।

भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापितहुने आईएचसीएलले जनाएको छ।

भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रूपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन्।

‘देशको प्रमुख शहरी केन्द्रहरूमध्यको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो। भिभान्ता चितवन आईएचसीएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो। यस अवधिमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन्।’

भिभान्ता चितवनमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन्। यी प्रत्येक रूमहरू सुन्दर ढङ्गले सुसज्जित छन्। भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृश्य हेर्न सक्नेछन्।

त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङपुल रहेको छ, जहाँबाट मनोरम सिराइचुली माउन्टेनको दृश्य देख्न सकिन्छ। होटलमा २४०० वर्ग फुटको सभाहल छ र बिजनेस सेन्टर समेत रहेका छन्।

नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुखा व्यावसायिक केन्द्रको रूपमा परिचित छ। ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मकाविविधअनुभवदिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।

कार्यक्रममा सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्ने उनले बताए।

१३ चैत, २०८०, १२:२७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।