विश्व बैंकको नजरमा नेपालको लेखा प्रणाली उत्कृष्ट

विश्व बैंकको नजरमा नेपालको लेखा प्रणाली उत्कृष्ट

काठमाडौं : विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट भएको टिप्पणी गरेको छ।

विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताएकी हुन्।

‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालको लेखा प्रणाली विश्वसनीय र उत्कृष्ट रहेको पाएँ।’

जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजस्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागु गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरेका थिए।

मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए ।

१२ चैत, २०८०, १८:२६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।