उपनिर्वाचन इलाम -२ : एमालेले सुहाङलाई उमेदवार बनाउने

उपनिर्वाचन इलाम -२ : एमालेले सुहाङलाई उमेदवार बनाउने

काठमाडौं : एमालेले इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरूले बताएका छन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो।

सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन्।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।

११ चैत, २०८०, १४:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।