'जीबी राई आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, कसले भगायो त्यो पनि खोज्छौं'

'जीबी राई आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, कसले भगायो त्यो पनि खोज्छौं'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) लाई जहाँ भएपनि पक्राउ गरेरै छाड्ने बताएका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने भन्दै आकाश, पाताल जहाँ भएपनि समातेर ल्याउने बताए।

‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने।

उनले आफ्नो नाम पटकपटक जीबी राईसँग जोडिएकोप्रति आपत्ति जनाउँदै उनीसँग कुनै सम्बन्ध नरहेको बताए।

ग्यालेक्सी टेलिभिजनमा जीबी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए।

‘जीबी राई जीबी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन। उसँग टेलिभिजनमा काम गरेको हुँ, टेलिभिजनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहीँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने।         

उनले सहकारीमा कसैले अवैध पैसा राखेको छ भने त्यसको खोजी गर्ने र सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याजसहित फिर्ता नगर्दासम्म आफूले राजनीतिबाट विश्राम नलिने प्रतिबद्धतासमेत जनाए।

१० चैत, २०८०, १८:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।