मधेशमा फेरि मन्त्रिपरिषद् पुनर्गठन, एमालेका तीन मन्त्री थपिए

मधेशमा फेरि मन्त्रिपरिषद् पुनर्गठन, एमालेका तीन मन्त्री थपिए

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट तीन मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

शनिबार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गरेका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन्।

नवनियुक्त मन्त्रीहरूलाई शनिबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराइन्। नवनियुक्त तीनै मन्त्री र एक राज्यमन्त्रीलाई शपथग्रहण गराइएको हो।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैँसँगै राखेका छन्।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा यसअघि चैत ५ गते एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए।

१० चैत, २०८०, १८:२५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।