आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता

आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता

काठमाडौं : रेमिट स्विचको डिजिटलाईजेशनका लागि आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी भएको छ।

बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस र आईएमई लिमिटेडबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको हो।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिने जनाइएको छ।

आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपीआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो। यस मार्फत एपीआई इण्टिग्रेशनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडि बढ्न सक्ने कम्पनीले जनाएको छ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलका अनुसार वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने छ।

९ चैत, २०८०, १७:५३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।