उपनिर्वाचनको छलफलका लागि एमाले सचिवालय बैठक आह्वान

उपनिर्वाचनको छलफलका लागि एमाले सचिवालय बैठक आह्वान

काठमाडौं : एमालेले सचिवालय बैठक बोलाएको छ।

चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा उपनिर्वाचन लगायतको समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

९ चैत, २०८०, १५:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।