रियलमी सी ५५ को मूल्य ६५ सय रुपैयाँले घट्यो, अब कति पर्छ मूल्य?

रियलमी सी ५५ को मूल्य ६५ सय रुपैयाँले घट्यो, अब कति पर्छ मूल्य?

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी५५ को मूल्य ६५ सय रुपैयाँ घटेको छ। ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

५ हजार एमएचको ब्याट्री भएको फोनमा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ। फोनले रिभर्स चार्जिङसमेत सपोर्ट गर्छ।

मेडियाटेकको हेलियो जी ८८ चिपसेट भएको रियलमी सी५५ मा अक्टाकोर प्रोसेसर छ। ६४ बिटको सीपीयू र १२ एनएमको चिपसेट भएकाले फोनको ब्याट्री लामो समयसम्म टिक्छ भने मोबाइल तातिने समस्या पनि कम हुन्छ।

यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६+६४ जीबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम भएको हो।

९ चैत, २०८०, १३:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।