रुखबाट लडेर वडा सदस्यको मृत्यु

रुखबाट लडेर वडा सदस्यको मृत्यु

धादिङ : धादिङको निलकण्ठ नगरपालिका-१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ।

मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी लडेका थिए।

केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लगे पनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए।

तिमिल्सिना खुलातर्फ वडा सदस्य निर्वाचित थिए।

७ चैत, २०८०, ०८:०१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।