महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

कपिलवस्तुबाट आजै पक्राउ परेका महरालाई अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ लगत्तै उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार

 

५ चैत, २०८०, १८:१७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।