पूर्व सभामुख महरा सीआईबीको हिरासतमा

पूर्व सभामुख महरा सीआईबीको हिरासतमा

काठमाडौं : सुन तस्करीमा पक्राउ पर्ने सङ्केत पाएर दाङ हिँडेका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा आइपुगेका छन्।

सोमबार भैरहवा हुँदै दाङ हिँडेको सूचना आएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न निर्देशन दिए अनुसार उनलाई प्रहरीले कपिलवस्तु प्रहरीले पकडीको सडकमा प्रहरीले ब्यारिकेट लगाएर पक्राउ गरेर काठमाडौं पठाएको थियो।

विमानस्थलबाट ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएर लाजिम्पाटमा रहेको कार्यालयमा लगेको थियो।

भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता देखिए पनि मुद्दा प्रक्रियामा उन्मुक्ति पाएका उनीमाथि पुन अनुसन्धान गर्न सुन तस्करी सम्बन्धी जाँचबुझका लागि गठन भएको उच्चस्तरीय आयोगको प्रतिवेदनमा सिफारिस गरिएको थियो।

सोही सिफारिसका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुन: अनुसन्धान शुरू गर्दै महरालाई सोमबार हिरासतमा लिएको हो। उनको छोरा राहुल महरा भेप सुन प्रकरणको मुद्दा प्रक्रियामा पुर्पक्षका लागि थुनामै छन्।

सम्बन्धित समाचार

५ चैत, २०८०, १३:०३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।