‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री नीति शाह

‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री नीति शाह

काठमाडौं : फिल्म ‘खजुरे ब्रो’बाट फिल्ममा अभिनेत्रीको रुपमा डेब्यु गरेकी नीति शाहले एकपछि अर्को फिल्ममा साइन गरेकी छन्।

उनी फिल्म ‘खजुरे ब्रो’पछि सबिर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘रुखान’मा अनुबन्ध भएकी छन्। त्यस्तै, अर्को दीवाकर भट्टराईको निर्देशनमा बन्ने तयारीमा रहेको अनटाइटल फिल्ममा समेत अनुबन्ध भएकी छन्।

उनका हातमा फिल्म धमाधम आउन थालेपछि एम्बेस्डरको रुपमा समेत काम गर्न थालेकी छन्।

उनी आइतबार ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेस्डर बनेकी छन्। कन्सल्टेन्सीका निर्देशक पवन बिष्ट र अभिनेत्री नीतिबीच नयाँबानेश्वरमा कागजी सम्झौता भएको हो।

ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि नीतिले फिल्मको छायांकनका साथसाथै ब्राडफोडमा जोडिन पाउँदा आफूलाई खुशी लागेको बताइन्।

‘यहाँबाट नेपाली विद्यार्थीहरूलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मूल्यमा इङ्ग्लिस प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो र एम्बेस्डरको रुपमा जोडिन पाउँदा खुशी लागेको छ,’ उनले भनिन्।

अभिनेत्री नीतिको प्रशंसा गर्दै ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख विष्टले अभिनेत्री नीतिलाई ब्रान्ड एम्बेस्डर बनाउन पाउँदा खुशी लागेको समेत बताए।

५ चैत, २०८०, १५:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।