तेस्रो पटक मन्त्री बने राजीव गुरुङ

तेस्रो पटक मन्त्री बने राजीव गुरुङ

पोखरा : गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ तेस्रो पटक मन्त्री भएका छन्।

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) तेस्रोपटक मन्त्री बनेका हुन्।

गुरुङ अघिल्लो प्रदेश सभाको कार्यकालमा दुई पटक गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री भएका थिए।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए।

केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन्।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएर सांसद बनेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रूपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

५ चैत, २०८०, १३:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।