भैरहवा हुँदै दाङ हिँडेका कृष्णबहादुर महरा पक्राउ

भैरहवा हुँदै दाङ हिँडेका कृष्णबहादुर महरा पक्राउ

काठमाडौं : भैरहवा हुँदै गृहनगर दाङ हिँडेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

रुपन्देही प्रहरीले कपिलवस्तुको पकडीमा पक्राउ गरेका पूर्वसभामुख समेत रहेका महरालाई विमानबाट काठमाडौं ल्याइँदैछ।

​​पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

महरालाई आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

यसअघि सभामुख हुँदा पनि महरा संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए।

जिल्ला अदालतले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएपछि उनी १०३ दिनपछि थुनामुक्त भएका थिए।

५ चैत, २०८०, १०:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।