‘शैतान’को १० दिनमा कमाइ सय करोड, कतिमा बनेको थियो फिल्म?

‘शैतान’को १० दिनमा कमाइ सय करोड, कतिमा बनेको थियो फिल्म?

एजेन्सी : बलिउड अभिनेता अजय देवगन, आर माधवन र ज्योतिका स्टारर फिल्म ‘शैतान’ले पहिलो दिनदेखि नै बक्स अफिसमा दबदबा बनाएको छ।

रिलिजको १० दिन पूरा हुँदा फिल्मले लगानीभन्दा बढी रकम कमाइ गरिसकेको भारतीय मिडियाले जनाएका छन्।

स्याकनिल्कको प्रारम्भिक अनुमान रिपोर्ट फिल्मले दशौं दिनमा ९ करोड ७५ लाख कमाएसँगै बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ।

६५ करोडको लगानीमा बनेको फिल्मका निर्माता स्वयं अजय देवगन र आर माधवन हुन्।

५ चैत, २०८०, १०:२८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।