युट्युबर एल्विश यादव पक्राउ, १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

युट्युबर एल्विश यादव पक्राउ, १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

एजेन्सी : ‘बिग बोस ओटीटी २’का विजेता तथा युट्युबर एल्विश यादव पक्राउ परेका छन्। नोएडा पुलिसले यादवलाई सोधपुछका लागि बोलाएर आइतबार पक्राउ गरेको हो।

जिल्ला तथा सत्र अदालत सुरजपुरमा पेश गरेका यादवको विषयमा अनुसन्धानको लागि अदालतले प्रहरीलाई १४ दिनको म्याद दिएको छ।

यो १४ दिनसम्म यादव न्यायिक हिरासतमै रहनेछन्। इल्भिस यादवलाई अदालत लगिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

रेभ पार्टीमा कोब्रा सर्पको विष आपूर्ति गरेको आरोपमा यादव पक्राउ परेका हुन्।

यादवलाई ‘स्वापक औषधि र मन:प्रभावी पदार्थ अधिनियम १९८५’ अन्तर्गत पक्राउ गरिएको नोयडा प्रहरीका डीसीपी विद्यासागर मिश्राले भारतीय मिडियालाई जानकारी दिएका छन्।

नोयडा पुलिसले ८ नोभेम्बरमा रेभ पार्टीमा सर्पको विष आपूर्ति गरेको घटनामा एफआईआर दर्ता गरेको थियो। यसमा एल्विस यादव पनि अभियुक्त थिए।

यादव युवापुस्तामाझ रुचाइएका सामाजिक सञ्जाल एन्फ्लुइन्सर हुन्। युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा १ करोडभन्दा बढीले फलो गरेका छन्।

५ चैत, २०८०, ०८:४९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।