इलाम-२ उपनिर्वाचन उम्मेदवारमा सहमति भएन,  ६ जना आकाङ्क्षीको नाम एमाले केन्द्रमा

इलाम-२ उपनिर्वाचन उम्मेदवारमा सहमति भएन,  ६ जना आकाङ्क्षीको नाम एमाले केन्द्रमा

इलाम : वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको उम्मेदवारबारे जिल्लामा सहमति हुन नसकेपछि एमाले केन्द्रमा ६ जनाको नाम सिफारिस गरेको छ।

उम्मेदवारको नाममा सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम केन्द्रमा सिफारिस गरिएको हो। पार्टीको केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

सचिव उमेश गुरुङका अनुसार पार्टी इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले सुहाङ नेम्वाङ, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको हो।

सकेसम्म सहमति जुटाएर पठाउने तयारी गरी उम्मेदवार बन्ने इच्छा राखेर निवेदन दिएका सबैलाई राखेर छलफल गरिए पनि सहमति जुट्न सकेन। कसैले पनि आफ्नो निवेदन फिर्ता लिन नचाहेको गुरुङले बताए।

जिल्लामा सहमति नभएपछि पार्टीको केन्द्रीय कमिटीले ६ जनामध्येबाट उम्मेदवारको टुंगो लगाउने उनले जानकारी दिए।

४ चैत, २०८०, २१:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।