बर्जू गाउँपालिकामा भएको आगलागीमा २७ घर जले

बर्जू गाउँपालिकामा भएको आगलागीमा २७ घर जले

विराटनगर : सुनसरीको बर्जू गाउँपालिकामा भएको आगलागीमा २७ वटा घर जलेका छन्। बर्जू गाउँपालिका वडा नम्बर ४ मा पर्ने जयनगर मुस्लिम टोलमा आगो लागेको हो।

स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको प्रहरीले जनाएको छ। अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएकाले चाँडै आगो फैलिएर धेरै घरमा क्षति भएको थियो।

आगलागीमा घरसहित स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको छ। आगो निभाउने प्रयासमा केही गाउँले घाइते भएका छन्। पीडित परिवारलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

इनरुवा, इटहरी, विराटनगरलगायत पालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो। दुई दिनयता कोशी प्रदेशका मोरङ, भोजपुर, तेह्रथुम, सुनसरीलगायत जिल्लामा भएको आगलागीमा परी करिब पाँच दर्जन घर जलिसकेका छन्।

शनिवार साँझ भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु भएको थियो।

४ चैत, २०८०, २०:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।