सुस्मा हत्या प्रकरण : एकतर्फी प्रेममा थिए रूपेन्द्र, हत्या गरेर जंगलमा शव गाडे

सुस्मा हत्या प्रकरण : एकतर्फी प्रेममा थिए रूपेन्द्र, हत्या गरेर जंगलमा शव गाडे

काठमाडौँ : काठमाडौँको तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २१ वर्षका रुपेन्द्र लामा छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आरोपीलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शव फेला पारेको थियो।

हत्या आरोपी गोकर्णेश्वर नगरपालिका-३ का स्थानीय हुन्। जापानी भाषा पढिरहेका रुपेन्द्र अनलाइनमार्फत ट्युसन पनि पढाउँछन्। आरोपी र मृतक छिमेकी हुन्।

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरीसमक्ष दिएका छन्।

४ चैत, २०८०, १३:३९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।