मोरङमा आगलागीबाट सन्थाल बस्ती नै सखाप !

मोरङमा आगलागीबाट सन्थाल बस्ती नै सखाप !

काठमाडौं : मोरङको रंगेली नगरपालिका-३, बाबुसाहेब टोलमा आगलागी हुँदा सन्थाल बस्तीमा ठूलो क्षति पुगेको छ।

शनिबार भएको आगलागीबाट टोलका २२ घर जलेर पूर्णतः नष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रहरीका अनुसार फुस, बाँसबाट निर्मित घर जलेर नष्ट भएको हो।

आगलागी नियन्त्रण गर्न विराटनगर, रंगेली, बेलबारी र सुन्दरहरैँचाबाट वारुणयन्त्र परिचालन गरिएको थियो।

बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरूमा आगो चाँडै फैलिएर क्षति भएको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले जानकारी दिए।

उनले भने, 'आगलागी पीडितलाई खाना र अस्थायी बसोबासको लागि प्रयास भइरहेको छ।'

प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन।

 

३ चैत, २०८०, २१:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।