रौतहटमा मनि ट्रान्सफर सञ्चालकलाई गोली हानियो, तीन जना पक्राउ

रौतहटमा मनि ट्रान्सफर सञ्चालकलाई गोली हानियो, तीन जना पक्राउ

रौतहट : रौतहटमा एक लुटेरा समूहले मनि ट्रान्सफरका सञ्चालकलाई गोली  हानेको छ। लुट्न आएको समूहले शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई गोली  हानेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार प्रहरीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा भारत मोतिहारिका मुनिस यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाइ नियन्त्रणमा लिएको छ।

साहको कन्चटमा गोली लागेको छ।

 

साहको वीरगन्जमा उपचार भइरहेको छ।

२ चैत, २०८०, १५:१४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।