उदयपुरमा भीरबाट बोलेरो खस्यो, छ जनाको मृत्यु

उदयपुरमा भीरबाट बोलेरो खस्यो, छ जनाको मृत्यु

विराटनगर : उदयपुरको बेलकामा बोलेरो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।

मृतकहरूको पहिचान खुलेको छैन।

भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी बेलका नगरपालिका-७ मा रहेको कच्ची सडकबाट भीरमा गाडी खसेको हो।

कच्ची सडक रहेको उक्त स्थानको भीरबाट गाडी अन्दाजी तीन सय मिटरभन्दा तल खसेको हो।

भोजपुरबाट प्रहरी टोली घटनास्थल गएर स्थलगत रूपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

१ चैत, २०८०, १३:२२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।