इलाम-२ मा उम्मेदवार बन्न इच्छुक सुहाङ भए एमाले कानुन विभागको सदस्य

इलाम-२ मा उम्मेदवार बन्न इच्छुक सुहाङ भए एमाले कानुन विभागको सदस्य

काठमाडौँ : इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहेका सुहाङ नेम्वाङलाई एमालेले केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ।

एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको मृत्युपछि रिक्त भएको इलाम २ को प्रतिनिधि सभाको सिटमा निर्वाचन आयोगले उपनिर्वाचन गर्दैछ। आफ्नो बुबा लामो समयदेखि सांसद रहेको क्षेत्रबाट उम्मेदवार बन्न सुहाङले पार्टीमा निवेदन दिइसकेका छन्।

उनलाई उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले समेत चासो देखाइरहेको बेलामा पार्टीले उनलाई पार्टीको कानुन विभागको सदस्यमा मनोनीत गरेको हो। उनलाई दिइएको पत्रमा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ को बैठकले केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरिएको उल्लेख छ।

३० फागुन, २०८०, १७:२०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।