१८ लाख बराबरको नगद र जिन्सी दाइजो दिने सहमतिमा बिहे तय थियो, सुनको सिक्री नपाएपछि बिहे रद्द गरे

१८ लाख बराबरको नगद र जिन्सी दाइजो दिने सहमतिमा बिहे तय थियो, सुनको सिक्री नपाएपछि बिहे रद्द गरे

काठमाडौं : बारामा दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको भन्दै बेहुलासहित आठ जनालाई प्रहरीले पक्राउ परेका छन्।

प्रहरीले बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठ जनालाई पक्राउ गरेको हो।

पर्साको वीरगञ्ज महानगरपालिका-२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो। बरमाला भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरिदिए।

त्यसपछि विवाद भएपछि बेहुलाले जन्ती फर्काउन खोजे।

सोही बेला प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

विवाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए। उनले पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए।

बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर भएको बताइएको छ।

नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो। बेहुली पक्षका अनुसार अन्दाजी १८ लाख बढी मूल्य बराबरको नगद तथा ती सबै सामान उनलाई बिहेअघि नै दिइसकेको भएपनि बेहुलाले सुनको सिक्री नै खोजेपछि विवाद भएको हो।

२९ फागुन, २०८०, १५:३७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।